नियम ६
कार्यालयका सामान तथा सुविधाको दुरुपयोग गर्न नहुने
(१) निजामती कर्मचारीले कार्यालयको प्रयोजनको लागि रहेका मेशिनरी यन्त्र वा अन्य साधन तथा सुविधाहरुको व्यक्तिगत प्रयोजन वा
फाइदाको लागि प्रयोग गर्नु हुँदैन ।
(२) निजामती कर्मचारीले कार्यालयको प्रयोजनको लागि रहेका मेशिनरी यन्त्र वा अन्य साधन तथा सुविधाहरु अधिकार प्राप्त अधिकारीको लिखित आदेश बिना कार्यालयबाट अन्यत्र लैजान तथा अन्य व्यक्तिलाई प्रयोग गर्न दिन हुँदैन ।
(३) निजामती कर्मचारीले पदीय हैसियतमा प्राप्त गरेको हक, अधिकार, सुविधा वा सहुलियतको दुरुपयोग गर्नु हुँदैन ।